दाङको गढवा गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन् ।

माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७ मत ल्याएर पराजित भएका छन् । एमालेका सहजराम अहिरले ४१३१ मत ल्याएका छन् । गढवामा माओवादी र एकीकृत समाजवादी गठबन्धन थियो। काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस