बुधबार, जेठ ४, काठमाडौ । मेलम्ची नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । नगरको प्रमुखमा कांग्रेसका आइतमान तमाङले नेकपा एमालेका बालकृष्ण देउजालाई पराजित गरेका हुन् । कांग्रेसका तामाङले ११ हजार २५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देउजाले ११ हजार १६५ मत ल्याए ।
उपमेयरमा भने नेकपा एमालेकी उमा श्रेष्ठ विजयी बनिन्। उनले राप्रपाकी उम्मेदवार कुमारी तामाङलाई पराजित गरेकी हुन्। िवजयी श्रेष्ठले १० हजार १६४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाकी तामाङले ८ हजार ३६४ मत ल्याइन्।