जेठ ४, काठमाण्डौ । मेयरका उम्मेदवारमाथि कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका ८ रिस्तीस्थित मतदान केन्द्रमा आज पुनस् मतदान भइरहेको छ । मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए । यसअघि वैशाख ३० गते मतदानका दिन स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो। मतदान केन्द्रमा पुगेका जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए ।
उनलाई कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको आरोपमा कुटपिट गरेको तनहुँ प्रहरीले जनाएको थियो। उनको टाउकोमा चोट लागे छ भने अहिले काठमाडौंमा उपचार गराइरहेका छन् । यो मतदान स्थलको ‘क’ केन्द्रमा ७५६ र ‘ख’ मा ८२० मतदाता रहेका छन् ।