घोराही उपमहानगरको मेयर र उपमेयरमा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ५, दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् । चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् ।

विजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरे ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस