५२९ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो, एमाले पछ्याउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५, काठमाडौँ । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ५२९ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो तथ्यांकअनुसार कांग्रेसले २३६ पालिकामा जित हात पार्दै पहिलो बनेको छ । परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ । त्यस्तै २२० पालिका उपप्रमुख जितेको छ ।

दोस्रो स्थानमा रहेको एमालेले १५० पालिकामा प्रमुख जितेको छ । उपप्रमुखमा भने एमालेले १६१ स्थानमा जित हात पारेका छ । यस्तै माओवादी केन्द्रले १०२ स्थानको प्रमुखमा जितेर तेस्रो बनेको छ । उपप्रमुखमा १०६ स्थानमा जित हात पारेको छ ।

चौथो दलको रुपमा जनता समाजवादी पार्टी ९जसपा० देखिएको छ । जसपाले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ । त्यस्तै एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन् ।

नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ । सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ । ६ वटामा स्वतन्त्रले जितेका छन् ।

परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ । ।कांग्रेसले ६९ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ५३, माओवादी केन्द्रले १६, जसपाले २३ , एकिकृत समाजवादीले ११, लोसपाले ९ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस