कैलारी गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार विजयी

जेठ ५, धनगढी । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको उक्त गाउँपालिकामा राजसमझ चौधरीले रुख चिह्नबाटै उम्मदवारी दिएका थिए । उम्मेदवारी फिर्ताको समयसम्ममा सहमति जुट्न नसक्दा उनको उम्मेदवारी कायम रहको थियो ।

उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई चार हजार मतले पराजित गरेका हुन् । राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी भागवती कुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् ।

संम्बन्धित समचार

Leave a Reply