टीकापुर नगरको प्रमुखमा रेशम चौधरीको पार्टी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ ५, कैलाली । कैलालीको टीकापुर नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।

डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भएका छन् ।

उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकले ७ हजार ८ सय २ मत प्राप्त गरिन् ।

माओवादी केन्द्रले टिकापुर नगरका वडा नम्बर–७, ८ र ९ विजय हासिल गरेको छ । कांग्रेसले वडा नम्बर–२, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ । यस्तै एमाले एउटा वडाध्यक्षमा मात्र सीमित भएको छ । एमालेबाट टीकपुर–१ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन् ।

नौ वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर–४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर–१ र ७ मा वडाध्यक्षबाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ ।

०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गएको पुसमा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस