जेठ ५, नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । बिहीबार दिउँसो आएको अन्तिम परिणामअनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद गजुरेलसहित उनको प्यानलले जित हासिल गरेको हो ।
उनले ७२० मतसहित जित हासिल गरेका हुन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबुराम गजुरेलले ६०४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि बजगाईँले ३३५ मत प्राप्त गरेका हुन् ।
उनको प्यानलबाट महिला वडा सदस्यमा चमेली तामाङ ६९४, दलित वडा महिला सदस्य यमकुमारी सुनार ६८९ र वडा सदस्यहरुमा प्रेम बहादुर तामाङ ६८६ तथा पोष्टबहादुर पुडासैनी ६५४ ले जित हासिल गरेका हुन् ।