एभरेष्ट बैंक लिमिटेडले गर्‍यो लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार

जेठ ५,काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ११६ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले बिहीबार उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

प्रमुख कार्यकारी अधिकृत खालिङले परासी शाखाबाट बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल बैंकले ११६ शाखा संजाल, १५० एटीएम तथा राजश्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply