थाक्रेमा उपाध्यक्षमा घट्यो मतान्तर, अध्यक्षमा आचार्य झण्डै २ हजार मतले अगाडि

Post Thumbnail

जेठ ५,धादिङ । मतगणनामा जिल्लामा सबैभन्दा पछाडी परेको थाक्रेमा ८ वटा वडाको मतगणना सम्पन्न भैसकेको छ । थाक्र ९ र १० नम्बर वडाको पछिल्लो मत गणनामा अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यले ९ हजार ५४ मतसहित अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका उम्मेदवार रामप्रसाद बिडारीले ७ हजार १ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् । पछिल्लो अपडेटअनुसार अध्यक्षमा १ हजार ९ सय २४ मतको फरक रहेको छ ।

यता उपाध्यक्षमा एमालेकी उम्मेदवार अम्बिका रुपाखेतीले वडा नम्बर ९ र १० मा भारी मत ल्याएर यसअघि अग्रता लिइरहेका यन्त्रबहादुर थापा (जिन्दगी)लाई टक्कर दिएकी छिन् । उनले पछिल्लो अपडेट अनुसार १२ सय १५ मतगणना हुँदा ९ नम्बर वडामा ८ सय ३९ मत ल्याएकी छिन् भने १० नम्बरमा १२ सय ६८ मतगणना हुँदा ७ सय ६४ मत ल्याएकी छिन् ।

वडा नम्बर ८ सम्म मतगणना हुँदा थापाको ७ हजार ४ सय ६५ मत थियो भने रुपाखेतीको ६ हजार ५ सय ५३ मत रहेको थियो । पछिल्लो मत जोड्दा थापाको ८ हजार २ सय ५० मत रहेको छ भने रुपाखेतीको ८ हजार १ सय ५६ मत रहेको छ । यसअघि ९ सय १२ मतले थापा अगाडी थिए । अब उपाध्यक्षमा रुपाखेती र थापाको मतान्तर जम्मा ९४ मात्र रहेको छ । थाक्रे ११ मा अझै मतगणना सुरु भएको छैन् ।

ताजा अपडेट

खोजी गर्नुहोस