कागेश्वरी मनोहरा नगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उमेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखम भने एमाले निर्वाचित भएको छ । एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस