नेपालगञ्ज उपमहानगरको प्रमुख/उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ६, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार प्रशान्त विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । यस्तै २०७४ मा प्रमुख जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत ल्याएर तेस्रो भएका छन् ।

यस्तै उपमहानगरको उपप्रमुखमा जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत ल्याएकी छन् । यसअघि नेपालगञ्जमा राप्रपाले मेयर र काँग्रेसले उपमेयर जितेको थियो । नेपालगन्जको मेयरमा धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस