काठमाडौं महानगरमा ७१ हजार मतगणना सक्दा कस्को मत कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले दोब्बर बढी मतान्तरले अग्रता बढाएका छन् । ७१ हजार ५ मतगणना सकिदा बालेनले २६ हजार ८०० मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले १४ हजार ३०१ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७११ मत पाएकी छन् ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर बढी मतले अग्रता लिएकी छन् । हालसम्म डंगोलले २६,५७५ मत ल्याएकी छन् । त्यस्तै नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ८,५९१ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाकी बिनिता मगैयाले ३,४४९ मत पाएकी छन् । स्वतन्त्रका वेन्जीसिंह महर्जनले २,०७१ मत पाएका छन् भने अर्का स्वतन्त्र विद्या श्रेष्ठ महर्जनले १,३६५ मत पाएका छन् ।

त्यस्तै विवेकशील साझा पार्टीकी कृति कंसाकरले ७४९ मत पाएकी छन् । स्वतन्त्रकी रिकुं श्रेष्ठले १६६ मत, नेमकिपाकी सविता श्रेष्ठले ५३ मत, नेपाल सुशासन पार्टीकी पुष्पा खरेलले ३३ र नेपाली कांग्रेस बीपीकी इन्दिरा अधिकारी थापाले २६ मत पाएकी छन् । मत गणना जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस