झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी

जेठ ६, झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment