मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । मोरङको बेलवारी नगरपालिका प्रमुखमा एमालेका दिलप्रसाद राई निर्वाचित भएका छन् । डिपी राई नामले चर्चित ५७ वर्षीय दिलप्रसादले १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका ६१ वर्षीय महेन्द्रप्रसाद सुबेदीले १५ हजार ६ सय २० मत प्राप्त गरी पराजित भए ।

यसैगरी नगरको उपप्रमुखमा कांग्रेसकी ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छन् । उनले १३ हजार ७३१ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी ५० वर्षीया तीलकुमारी नेउपानेले १३ हजार ६०५ मत प्राप्त गरी पराजित भइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस