सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ ६, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् ।

यादवले जनता समाजवादी पार्टी जसपाका मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत प्राप्त गरे । नेपाली कांग्रेसका कौशल मण्डलले २ हजार ११४ मत पाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस