इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादी, उपमेयरमा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७,इलाम । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई विजयी भएका छन् ।

उनि १२ हजार ४ सय ३१ मत प्राप्त गरेर विजयी हुभएका हुन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत प्राप्त गरे।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भए । एमालेकी दुर्गादेवी भट्टराईले भने ९ हजार १ सय २२ प्राप्त गरे ।

१४ वटा वडा रहेको सूर्योदयमा सात वटा वडाको वडाध्यक्षमा कांग्रेस, पाँच वटा वडामा समाजवादी र दुई वटा वडामा एमालेले जितेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस