६९१ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कांग्रेस ३०८, एमाले १८८, माओवादी ११८ स्थानमा बिजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमध्ये ६९१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामले नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अघिल्लो निर्वाचनमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले अहिले १८८ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको छ । अघिल्लो पटक २६६ स्थानीय तह जितेर दोस्रो पार्टी भएको नेपाली कांग्रेस यसपटक भने ३०८ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अझै पनि ६२ स्थानीय तहको मतपरिणाम आउँन बाँकी छ । तर, पहिलो र दोस्रोमा कांग्रेस र एमालेको स्थानमा परिवर्तन आउने अवस्था छैन । विगत चुनावमा १०६ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र ६२ स्थानीय तहको परिणाम आउन बाँकी रहँदै ११८ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस