स्थानीय तहको निर्वाचनमा राप्रपाको अबस्था कस्तो छ ?

जेठ ७, काठमाण्डौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देशभरका ४४ वटा स्थानीय तहमा एक हजार मत कटाएर तेस्रो शक्तिको रूपमा आफूलाई प्रस्तुत गरेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा जित हात पारेको राप्रपा त्यति नै स्थानीय तहमा दोस्रो भएको छ।

राप्रपाले देशभरमा ३ वटा नगरपालिका र एउटा गाउँपालिकामा जित निकालेको छ। काठमाडौंको शंखरापुर, झापाको दमक र कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी भएको छ। त्यस्तै झापाकै हल्दिबारी गाउँपालिकामा राप्रपाका अध्यक्ष निर्वाचित भएका छन्।

राप्रपा दुई वटा नगरपालिकामा दोश्रो स्थानमा छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा राप्रपा दोस्रो भएको हो । त्यस्तै झापाको कचनकवल र रूपन्देहीको रोहिणी गाउँपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ।

राप्रपा दश वटा स्थानीय तहमा ५ हजार भन्दा धेरै मतका साथ तेस्रो स्थानमा छ। मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगरमा राप्रपा तेस्रो भए पनि प्रतिष्पर्धी शक्तिको रूपमा देखिएको छ।

संम्बन्धित समचार

Leave a Reply