रामकुमारी झाँक्री भन्छिन्-‘बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौ । शहरी विकासमन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत ‘नो भोट’ भएको बताएकी छन् । प्राइभ टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन् ।

उनले नेपालमा ‘नो भोट’को प्रावधान नभएकाले मतदाताहरूले आफ्नो ‘नो भोट’बारे सन्देश दिन बालेनलाई भोट हालेको दाबी उनले गरिन् । उनले भनिन्, ‘‘बालेनलाई आएको मत उनले उठाएको मुद्दाका कारण र उनले मतदाताको विश्वास जितेर आएको भन्ने विश्लेषण गर्छन्, तर मतदाताको विश्वास जिते भन्ने होइन। बालेन शाहको भोट ‘नो भोट’ हो।”

ताजा अपडेट

खोजी गर्नुहोस