काठमाडौं नागार्जुनको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७, काठमाडौ । काठमाडौंको नागार्जुन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका छन् । शनिबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत १० हजार १ सय ८६ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दनहरि गौतमले ८ हजार ३ सय ६८ मत प्राप्त गरे।

राप्रपाका ध्रुवप्रसाद खनालले २ हजार ४ सय ६९ मत ल्याए। उपप्रमुखमा भने नेकपा एमालेकी शुशीला अधिकारी विजयी भइन्। उनले ९ हजार ४ सय ७४ मत ल्याइन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी कल्पना नेपालीले २ हजार ७ सय ५३ मत प्राप्त गरिन्। सत्ता गठबन्धनको साझा उम्मेदवार कृष्णहरि खत्रीले जम्मा २ हजार १ सय २६ मत प्राप्त गरे।

 

ताजा अपडेट

खोजी गर्नुहोस