जेठ ८, काठमाण्डौ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारा देवी कानु लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । यादवले ८ हजार ६ सय ७० मत र उपमेयरमा कानुले ७ हजार ९ सय ९७ मत प्राप्त गरे ।