इटहरीमा एमाले नेतामाथि किन भयो आक्रमण ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ८, सुनसरी । इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आज बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो । एमाले निर्वाचन परिचालन समितिका सह–इन्चार्ज समेत रहेका उनीमाथि इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए ।

आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् । इटहरी उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ । उनीमाथि आक्रमण भएको विरोधमा एमाले कार्यकर्ताले इलाका प्रहरी कार्यलय इटहरी अगाडि प्रदर्शन गर्दै केहीबेर चक्काजाम गरेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस