बाँके कोहलपुर नगरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाण्डौ । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता सुवेदी विजयी भएकी हुन् ।

आचार्यले १४ हजार एक सय ३४ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय ८५ मत ल्याए । माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट माओवादीका नरेन्द्र न्यौपानले नौ हजार सात सय २५ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा कांग्रेसकी सुवेदी १४ हजार ७४ मत पाएर विजयी भइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस