काठमाडौंमा ४३ हजार मतसहित बालेनको अग्रता, स्थापित तेस्रो स्थानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह ९बालेन०ले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ४३ हजार ८५० मतसहित अग्रता कायम राखेका छन् ।

उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा रहेकी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

उपप्रमुखतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४६ हजार २२१ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४११ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा अहिलेसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९१ हजार ९८४ मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस