भरतपुरमा रेणुलाई १० हजार मतको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहालले अग्रता कायमै राखेका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले झण्डै १० हजार मतले अग्रता कायम राखेकी छन् ।

पछिल्लो परिणाम अनुसार रेणुले ४३ हजार ६०६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ७०३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ३५० मत पाएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस