जेठ ९, काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले पाँच हजार ५८३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारदुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए ।
यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरिन् ।
अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।