७ सय २७ पालिकाको अन्तिम नतिजा आयो, कसले कति जिते ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ९, काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत मत परिणामका अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ । नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।

कांग्रेसले ३२०, नेकपा एमालेले १९८ र नेकपा माओवादी केन्द्रले १२० स्थानीय तहको प्रमुख पद जितेका छन् । जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४÷४ स्थानीय तह जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २४ स्थानीय तहको नतिजा आउन बाँकी छ । जसमा नेकपा एमालेले ६ वटा पालिकामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २(२ जनाले अग्रता लिएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरु भएको छैन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीगंगा नगरपालिका ८ को मतदान स्थगित गरिएको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएको थियो ।

त्यसपछि कांग्रेस र एमालेले अहिलेकै अवस्थामा मतगणना गर्नुपर्ने र एकीकृत समाजवादी लगायतका दलले पुनः मतदानको माग गरेकाले मतगणना सुरु हुन नसकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस