पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । स्थानीय निर्वाचनको मत परिणामसँगै पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएका छन् । मेयर पदमा विजयी नेपाली कांग्रेसका युवा नेता काभ्रे प्रतिनिधि सभा २ का सभापति महेश खरेललाई दोस्रो कार्यकालका लागि पाँचखालका जनताले अत्यधिक मत दिएर विजयी गराएका छन् ।

खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गरी नेपाली कांग्रेसबाट विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेदवार कंचन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरी उपविजेता बनेको निर्वाचन आयोगले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस