जेठ १०, काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५९० मत प्राप्त गरी विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे ।
मेचीनगर नगरपालिकाको नतिजासँगै झापाको १५ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।