पोखरा महानगरमा एकीकृत समाजवादीका धनराज जित नजिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि जित नजिक पुगेकी छन् ।

पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ । अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६मतान्तरसहित अगाडि छन् भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि छिन् ।

आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङले ५८ हजार ५ सय ८२ मत ल्याएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पारेकी छन् । रानाभाटले ५४ हजार ५ सय ४७ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस