भरतपुर महानगरको प्रमुखमा रेनु, उपप्रमुखमा चित्रसेन विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १०, चितवन । भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका हुन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ ।

यस्तै भरतपुर महानगरका २९ वडामध्ये १६ वटा वडा कांग्रेसले जितेको छ । कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ मा विजय हासिल गरेको छ । एमालेले ३, ११, १२, १८, १९ र २८ मा जितेको छ । माओवादी केन्द्रले १३, २४ र २६ तथा नेकपा एकीकृत समाजवादीले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ ।

वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस