सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

जेठ १०,काठमाडौँ । सुनको मूल्य तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अहिले छापावल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ । चाँदीको मूल्य गत बिहीबार यता बढेकै छैन भने सुनको मूल्य शुक्रबार केही मात्रै बढेको थियो ।

सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

 

 

संम्बन्धित समचार

Leave a Reply