पोखराको दुई वटा वडाको मतगणनामा धाँधली भएको एमालेको आरोप

जेठ १०, पोखरा । नेकपा एमालेले पोखराको दुई वटा वडाको मतगणनामा धाँधली भएको आरोप लगाएको छ । एमाले पोखरा महानगरका अध्यक्ष दिलीप न्यौपानेले पोखरा १८ र ३१ को मतगणना गर्दा धाँधली भएको आरोप लगाएका हुन् । अध्यक्ष न्यौपानेका अनुसार पोखरा १८ को नौ मत र ३१ को ३ मत मतपेटिकाबाट गायव भएको छ ।

उनले यी २ वटा वडामा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् । मतगणनाको क्रममा दुई वटै वडाका बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र नभएको भन्दै अध्यक्ष न्यौपानेले यसले आफूहरुलाई गम्भीर आशंका लागेको बताए ।

 

संम्बन्धित समचार

Leave a Comment