पोखरा महानगर प्रमुखमा कस्ले मार्ला बाजी ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ १०, पोखरा । पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित भएको छ । १ लाख ३९ हजार मत गणना हुँदा दुवैको गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।

३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् । उनले हालसम्म ५७ हजार ७२ मत पाएका छन् भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् । पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस