काठमाडौँ महानगरको प्रमुखमा बालेन शाहको जित सुनिश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) जित नजिक पुगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ५४ हजार ७ सय १८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् । तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले जित सुनिश्चित गरेकी छन् । ​ सुनिताले ६० हजार ६७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय ८६ मत पाएका छन् ।

काठमाडौं महानगरमा अब २२ हजार मत गन्न बाँकी रहेको छ । आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस