७४९ पालिकाको अन्तिम नतिजा आयो, अझै चार पालिकाको बाँकी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौँ । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अझै चार पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।

काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ५९ हजार १ सय ४९ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा ९एमाले० की सुनिता डङ्गोलले ६६ हजार ८ सय ७८ मत प्राप्त गर्दा नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत प्राप्त गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत ल्याएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच प्रतिस्पर्धा छ । खाँणले १६ हजार ८ सय ३६ मत प्राप्त गर्दा चापागाईंले १५ हजार ८ सय ३३ मत पाएका छन् ।

७४९ पालिकामध्ये नेपाली कांग्रेसले ३२७ पालिका प्रमुख जितेको छ भने नेकपा एमालेले २०५ पालिका प्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले १२१ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा एकिकृत समाजवादी पार्टीले २० पालिका प्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छभने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४(४ पालिकामा प्रमुख पद जितेका छन् ।

जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १(१ पालिकामा प्रमुख पद जितेका छन् । यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस