जेठ १२, रौतहट। गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४ हजार ५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४ हजार ५२६ मत ल्याए ।
यस्तै जनता समाजवादीका अनिलकुमार यादवले ३ हजार३५१ मत ल्याए । माओवादी केन्द्रका सुरेन्द्रकुमार जयसवालले ३ हजार २२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १ हजार ६३ मत पाए ।
यस्तै नगरको उपप्रमुखमा भने कांग्रेसकी पुनमकुमारी चौधरी ६ हजार ७०३ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४ हजार ४७७ मत ल्याइन् ।
यस्तै एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् । एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।