नेपालमा माग धान्ने चिनीको उत्पादन छैन, चिनी अभाव हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौं । भारत सरकारले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि चिनी अभाव हुने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । मुद्रास्फीति नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि लागु हुने गरी चिनी निर्यातमा रोक लगाएको छ ।

यो प्रतिबन्ध यसै वर्षको अक्टोबर ३१ सम्म जारी रहने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो ।

नेपालमा चिनीको आन्तरिक उत्पादनले पुग्दैन । जसले गर्दा नेपाल पनि चिनीका लागि भारतसँग परनिर्भर छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको बैशाखसम्म ४ अर्ब ८३ करोड ९४ हजार मेट्रिक टन चिनी नेपालमा आयात भएको देखिन्छ । जसमध्ये भारतबाट मात्रै ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो ।

भारतले चिनी निर्यातमा रोक लगाउँदा नेपाली बजारमा चिनीको अभाव हुने साल्ट ट्रेडिङ कर्पोरेनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । उनीले भने, ‘भारतले निर्यातमा रोक लगाउँदा नेपाली बजारमा यसको असर पर्छ । नेपालमा पहिलेदेखि नै चिनी अभाव भइरहेको थियो । अब थप अभाव हुने अवस्था देखिन्छ ।’

सरकारले कुटनीतिक हिसाबले चिनी आपूर्तिका लागि केही प्रयासहरु गरेमा केही सहज हुने उनले बताए । उनका अनुसार बजारमा २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । नेपालमा उत्पादित चिनीले बजारको मागलाई धान्न नसक्ने उनको भनाई छ । उनका अनुसार नेपालमा विगत वर्षको अवस्था हेर्ने हो भने अहिले १ लाख ५ हजार टन मात्र चिनी उत्पादन हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस