अफगानिस्तानमा एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस