सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १२, सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस