देशका धेरै ठाउँको मौसम सफा, बेलुकापख पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो । लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि आज त्यस्तो सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताए । दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ ।

त्यसपछि भने बादल लाग्ने र काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

ताजा अपडेट

खोजी गर्नुहोस