भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो, कति छ मुल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १२, काठमाडौं । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।

अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपालतर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ ।

विराटनगरमा पनि सीमा क्षेत्रको मूल्यान्तर उस्तै छ । निगमको विराटनगर कार्यालयकाअनुसार नेपाली बजारमा १६० रुपैयाँमा पेट्रोल र १८० रुपैयाँमा डिजेलको खरिद बिक्री भइरहेको छ । तर, नजिकैको भारतीय बजार जोगवनीमा डिजेल प्रतिलिटर १५० र पेट्रोल प्रतिलिटर १७५ नेपाली रुपैयाँमा पाइन्छ ।

यता विरगञ्जमा भने डिजेलमा १० र पट्रोलमा ६ रुपैयाँ प्रतिलिटर मूल्यान्तर छ । नेपाल पारीको भारतीय रक्सौल बजारमा १७४ रुपैयाँमा पेट्रोल पाइन्छ भने नेपालतर्फको १८० रुपैयाँ पेट्रोललाई पर्छ । यस्तै १५० रुपैयाँ नेपालीमा पाइने डिजेललाई नेपाली बजारमा १६० रुपैयाँ पर्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस