१५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा ब्लुमिङ लोटस स्कुलका प्रधानाध्यापक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौ । सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस