गाडिएर राखिएको अवैध भारतीय रुपैयाँ र सुन बरामद

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थामा भारतीय रुपैयाँ र र सुन बरामद गरिएको छ । भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले रुपैयाँ र सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो । यसैगरी, सुन्दरपुरमा स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको थियो ।

नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस