टी–ट्वान्टी लिग प्रतियोगिताका लागि खुला टेन्डर आह्वान

जेठ १३, काठमाडौं । नेपाल टी–२० लिगको टेन्डर खुला नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । क्यानले औचारिकरूपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।

क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूर पश्चिम रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply