राहदानी विभागले आइतबार पनि विद्युतीय राहदानी वितरण गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौं । राहदानी विभागले आइतबार पनि विद्युतीय राहदानी वितरण गर्ने भएको छ । सरकारले जेठ १ गते देखि लागू हुने गरी सरकारी कार्यालयहरू शनिबार र आइतबार बिदाको घोषणा गरेको थियो । यद्यपि सेवाग्राहीको चाप धेरै भए सँगै विभागले आइतबार पनि सेवा उपलब्ध गराउने बताएको छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न लागेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस