माओवादी अध्यक्ष प्रचण्ड भन्छन्-‘सहिदका सपना अझै पूरा भएको छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको बताएका छन् । कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पुरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताएका हुन् ।

बिभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवाद उन्मुख हुने उल्लेख हुनु सानो बिषय नभएको उनको भनाई छ । उनले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गरे । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस