आगो नियन्त्रणमा आएसँगै नारायणगढ–मुग्लिन सडक सुचारु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३,काठमाडौ । ग्याब बुलेटमा लागेको आगो नियन्त्रणमा आएसँगै चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सुचारु भएको छ। शुक्रबार मध्यान्हतिर नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्रकिलो भन्ने ठाउँमा ग्यास बुलेटमा आगो लागेको थियो। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगो लागेपछि सडक अवरुद्ध भएको थियो।

प्रहरीले सूचना जारी गर्दै आगो नियन्त्रणमा नआउँदासम्म सवारी सञ्चालन नहुने जनाएको थियो। तर, अहिले आगो नियन्त्रणमा आएर दुईतर्फी नै सवारी आवतजात सुचारु भइसकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस