निर्मला पन्त हत्या प्रकरण: महत्वपूर्ण ‘क्लु’ र ‘शंकास्पद’सहित सीआईबी टोली काठमाडौँ फर्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २०, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०, काठमाडौं । चार महिनाअघि कन्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न त्यहाँ खटिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोली काठमाडौँ फर्किएको छ।

हत्याराको महत्वपूर्ण ‘क्लु’सहित प्रहरी नायब उपरीक्षक- डीएसपीको टोली काठमाडौँ फर्किएको स्रोत बताउँछ। उनीहरुले कन्चनपुरमा केही दिनअघि पक्राउ परेका दुई युवालाई पनि काठमाडौँ ल्याएका छन्। काठमाडौँमा रहेको सीआईबी टोलीले मंगलबार मात्र राजधानीबाटै एक युवकलाई नियन्त्रणमा लिएको थियो।

कन्चनपुरमा समातिएका दुई युवा र काठमाडौँमा समातिएका एक युवा घटनामा संलग्न भएको आशंका बढेपछि उनीहरुलाई एकै ठाउँमा राखेर अनुसन्धान गर्ने तयारी सीआइबीको छ। सीआइबीको पछिल्लो टोलीले कन्चनपुरमा तीन महिना बसेर अनुसन्धान गरेको थियो। साथीकोमा जान्छु भन्दै घरबाट निस्किएकी निर्मलाको शव त्यसको भोलिपल्ट अर्थात साउन ११ गते स्थानीय एक उखुबारीमा भेटिएको थियो।

सीआइबीमा कार्यरत डीएसपी अंगुर जिसी नेतृत्वको टोलीले एक महिना लगाएर गरेको अनुसन्धानपछि स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर डीएनए परीक्षणमा निर्मलाको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए। अनुसन्धानमा लापरबाही गरेको भन्दै डीएसपी जिसी अहिले निलम्बनमा छन्।

कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इलाका प्रहरी प्रमुख जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन्। महिनाैँ बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै अहिले देशभर आन्दोलन भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस